Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

‘उज्यालो नेपाल पार्टी’प्रति शंकरको टिप्पणी : योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेश्रोले 

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, १८ गते


Advertisement

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल पार्टी’प्रति लक्षित गर्दै कटाक्ष गरेका छन्।

सामाजिक सञ्जालमार्फत पोखरेलले नेपाललाई लोडसेडिङ मुक्त गरेर उज्यालो नेपाल बनाउने योजना आफ्नो दलको भएको दाबी गर्दै योजना एउटाको भए पनि जस अर्कैले लिएको आरोप लगाएका हुन्।

आज बिहान सामाजिक सञ्जालमा उनले उज्यालो नेपालको योजनाकार आफ्नो दल भएको भन्दै श्रेय भने एमालेले नपाएको गुनासो गरेका हुन्।

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङको अगुवाइमा हिजो उज्यालो नेपाल पार्टी घोषणा भएको थियो।

एमाले महासचिव पोखरेलले समाजिक सञ्जालमा लेखेका छन्, ‘लोडसेडिङ विरुद्ध उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले। पार्टी खोल्यो तेश्रोले। जसको योजना उसैलाई श्रेयदिने कहिले ?

 


प्रतिकृया दिनुहोस्