Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

देशभर थपिए ७५ मतदान स्थल, ९३ वटा सारियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, १४ गते


Advertisement

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि ७५ मतदान स्थल थप गर्ने निर्णय गरेको छ।

मतदाताको पहुँचलाई सरल, सहज र थप व्यवस्थित बनाउन आयोगले आज देशभरका मतदानस्थल पुनरावलोकन गर्ने निर्णय गरेको हो।

यसअघिका ९३ वटा मतदान स्थल पनि अन्यत्र सारिएको छ। ती स्थान अपायक भएको भन्दै नयाँ मतदान स्थल तोकिएको निर्वाचन आयोगले जनाएको छ।

यससँगै आगामी निर्वाचनमा देशभर १० हजार ९६७ वटा मतदान स्थल रहनेछन्। यसअघि १० हजार ८९२ वटा मतदान स्थल थिए।

मतदानस्थल पुनरावलोकन गर्ने क्रममा मतदान स्थलको नाम, ठेगानामा रहेको त्रुटी सच्याउने, मतदातालाई पायक पर्ने स्थानमा आंशिक वा सबै मतदातालाई स्थानान्तरण गर्ने, मतदातालाई साविककै अर्को मतदानस्थलमा समायोजन गर्नेलगायतका कार्यहरू सम्पन्न गरिएको आयोगले जनाएको छ।


प्रतिकृया दिनुहोस्