Skip

Hamro Sanchar

रास्वपासँगको एकतामा मिलन पाण्डे सामेल नहुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, १४ गते


काठमाडौं । विवेकशील साझा पार्टीका नेता मिलन पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकता प्रक्रियामा सामेल नहुने भएका छन् ।

उनले आज सामाजिक सञ्जालमा लेखेका छन्, “रास्वपाको एकीकरणमा जुट्नुभएको सबै साथीहरूलाई शुभकामना छ । म यो एकीकरणमा सामेल छैन ।”

उनले अगाडि लेखेका छन्, “अब केही समय ९केही दिन वा केही महिना० ‘कुलिङ पिरियड’ लिन्छु । त्यसपछि नयाँ तरिकाले राजनीतिक यात्रा सुरु गर्नेछु ।”

पाण्डेले भनेका छन्, “आजदेखि म पनि ‘स्वतन्त्र’ भएँ । विवेकशील पनि ‘स्वतन्त्र’ भयो ।”

विवेकशील नेपाली दल हुँदा सुरुआती चरणमा उनले ५८ प्रतिशत मत पाएर अध्यक्ष बनेका थिए । पछि विवेकशील साझा पार्टीका संयोजक बनेका थिए ।


प्रतिकृया दिनुहोस्