
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुक संकटमा रहेको र राष्ट्रवादी शक्तिमाथि निरन्तर प्रहार भएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– मुलुक संकटमा छ, राष्ट्रवादी शक्तिमाथि प्रहार जारी छ। यस्तो अवस्थामा नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक छ। अघि बढौँ– सम्भव छ ।
एमाले महाधिवेशन नजिकिएसँगै नेतृत्वबारे नेताहरूले पक्ष विपक्षमा अभिव्यक्ति सार्वजनिक गरिरहेका छन् ।


















