Skip

Hamro Sanchar

दुर्गा प्रसाईंले मंसिर २२ गते प्रधानमन्त्रीसँग वार्ता गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, १२ गते


काठमाडौं । गृहमन्त्री ‌ओम प्रकाश अर्याल र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंबीचको वार्ता मंसिर २२ गते प्रधानमन्त्रीसहित फेरि बस्ने गरी टुंगिएको छ।

आज साँझ सिंहदरबारस्थित गृहमन्त्रालयमा अर्याल र प्रसाईंसहितको छलफल भएको थियो। २२ गतेको वार्तामा मागसँग सम्बन्धित मन्त्रालयका मन्त्री पनि सहभागी हुने भएका छन्।

वार्तापछि प्रसाईंले भने, हाम्ले उठाउँदै आएका मागका विषयमा छलफल भयो। अब २२ गते लघुवित्त, सहकारीका विषयमा सरकार कति जिम्मेवार बन्ने भन्ने कुरा भयो। योसँगै जनमत संग्रहमा जाने, प्रदेश खारेज गर्नेलगायत हामीले उठाउँदै आएको कुरा अब प्रधानमन्त्रीसहितको वार्तामा कुरा हुन्छ।

प्रसाईँले आफ्ना मागका बारेमा गृहमन्त्रीलाई जानकारी गराएका थिए। गृहमन्त्रीले केही मागहरु तत्कालै पूरा गर्न सकिने खालका रहेको र कतिपय माग पूरा गर्न समय लाग्ने जवाफ दिएका छन्।

तत्काल पूरा गर्न सकिने माग पूरा गर्ने र बाँकी मागका विषयमा थप छलफल तथा अध्ययन गर्ने बताएको प्रसाईंले बताए।

दुर्गा प्रसाईं नेतृत्वको महाअभियान र सरकारबिच पहिलो चरणमा मंसिर ६ गते राति सहमती भएको थियो। बालुवाटारमा प्रधानमन्त्रीका सल्लाहकार र प्रसाईंका प्रतिनिधिबिच भएको वार्तामा छलफलबाटै सहमती खोज्ने र ७ गते घोषणा गरेको आन्दोलन स्थगित गर्ने सहमती भएको थियो। त्यतिबेला प्रसाईं हिरासतमा थिए।

उनलाई सरकारले सार्वजनिक शान्तिमा खलल पु¥याएको आरोपमा पक्राउ गरेको थियो। तर सर्वोच्च अदालतले प्रसाईंलाई रिहा गर्न आदेश दिएको थियो। रिहा भएको केही दिनमा प्रसाईं र गृहमन्त्री अर्यालबिच छलफल भएको हो। छलफल सकारात्मक भएको प्रसाईंले बताएका छन् ।


प्रतिकृया दिनुहोस्