Skip

Hamro Sanchar

कुलमान समर्थित दल र खगेन्द्र सुनारको पार्टी एउटै चिह्न प्रयोग गरि चुनाव लड्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, १० गते


काठमाडौं । उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनमा एउटै चुनाव चिह्न प्रयोग गर्ने भएका छन् ।

दुई दलबीच उज्यालो नेपाल पार्टीको चुनाव चिह्न बिजुलीको चिम प्रयोग गर्ने सहमति भएको हो ।

उज्यालो नेपाल पार्टी ऊर्जामन्त्री कुलमान घिसिङको संरक्षकत्वमा रहेको छ भने हाम्रो पार्टी नेपाल अभियन्ता खगेन्द्र सुनारले गठन गरेका हुन् ।

आज काठमाडौंमा भएको छलफलपछि दुई दलले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा एउटै चुनाह चिह्न प्रयोग गर्नेबारे सहमति भएको उज्यालो नेपालका प्रवक्ता राजु थापाले जानकारी दिए ।

दुई दलले आपसमा भएको सहमति र चुनावको प्रयोगबारे निर्वाचन आयोगमा निवेदन दिन लागेको उनले बताए ।


प्रतिकृया दिनुहोस्