Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

जेनजी युवाले हामीलाई अभिभावक ठानेका छन् : प्रचण्ड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, ९ गते


Advertisement

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी पुस्ताले आफ्नो दललाई अभिभावकको रूपमा लिएको दाबी गरेका छन् ।

प्रचण्डले जेनजी आन्दोलनको सुरुमै आफूहरूले समर्थन गरेका कारण जेनजी युवाहरूले नेकपालाई अभिभावक ठान्न थालेको दाबी गरे ।

आज काठमाडौंमा अखिल नेपाल ट्रेड युनियन महासंघमा आवद्ध रहेकाहरूलाई नेकपा प्रवेश गराउँदै प्रचण्डले पार्टी एकता प्रक्रियामा पनि सबभन्दा बढी युवालाई सम्बोधन गर्न खोजिएको जिकिर गरे ।

‘युवाका ती सही आवाजहरूलाई बलपूर्वक दमन गर्ने कोसिस नगरियोस् भनेर सबभन्दा पहिले सरकारलाई खबरदारी पनि गर्यौं, त्यहि पहलका कारण र विस्तारै युवा पुस्तालाई हामीले गर्दै गरेको संवाद र सहकार्यको कारण अब जेनजी पुस्ताका युवाहरूले पनि आफ्नो असली अभिभावक नेपाली कम्युनिस्ट पार्टी हो भन्ने बुझ्दै गएका छन्,’ उनले भने ।

जेनजी आन्दोलनपछिको अवस्था सामना गर्न, राष्ट्रको स्वाधिनता र वामपन्थी दललाई एकताबद्ध गर्न नेपाली कम्युनिस्ट पार्टी गठन भएको उनको भनाइ छ ।

प्रचण्डले अब भाषण कम गर्दै काम गरेर देखाउने दाबी गरे ।

उनले भने, ‘हामीले गर्नुपर्ने काम धेरै छ, मैले त भनेको भाषण अबदेखि कम गर्दै लैजाउँ भन्नेमा छौं, काम धेरै गर्दै लैजाउँ, हामीले नेपाली कम्युनिस्ट पार्टी बनाएको एउटा ठूलो ऐतिहासिक पहल हो, ऐतिहासिक काम हो, यो मार्फत हामी नेपालमा युवाहरूले जो सपना देखेका छन् त्यो युवाहरूको सपना पूरा गर्ने संकल्प लिएका छौं, त्यही संकल्पका निमित्त नेपाली कम्युनिस्ट पार्टी अगाडि बढेको छ ।’

१२ पुसदेखि देशका विभिन्न शहरमा नेकपाले एकता सभा गर्न लागेको उनले जानकारी दिए । उनका अनुसार नेकपाले १२ पुषमा पहिलो एकता सभा कैलालीको धनगढीमा गर्दैछ ।

क्रमशस् विभिन्न शहर हुँदै विराटनगरसम्म पुग्ने नेकपाको तयारी छ ।

एकता सभामार्फत निर्वाचनको वातावरण बनाउन नागरिक, दल र सरकारलाई अपिल गर्दै दबाब सिर्जना गर्ने उनले बताए । ढिलोचाँडा सबै सच्चा कम्युनिस्ट र वामपन्थी नेकपामा समाहित हुँदै जाने उनको दाबी छ ।


प्रतिकृया दिनुहोस्