Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, ८ गते


Advertisement

काठमाडौं । नेपाल सरकारको मुख्यसचिवमा रक्षा सचिव सुमनराज अर्याल नियुक्त भएका छन्।

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बुधबारदेखि लागू हुनेगरी अर्याललाई २८ औँ मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।

हालका मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हदका कारण मंगलबार रातिबाट अनिवार्य अवकास हुने भएका छन्। एकनारायणले करिव १५ महिना मुख्यसचिवको रुपमा काम गरे।

अर्याल २०८३ असार २६ गतेसम्म सेवामा रहनेछन्। त्यसपछि उनी पनि मुख्यसचिवको ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकासमा जानेछन्।

मुख्य सचिवको प्रतिस्पर्धामा अरु सचिवहरु पनि थिए। तर उनीहरुभन्दा अर्याल ५ महिना महिना सिनियर हुन्।

अर्याल २०७७ माघ १९ गते सभिवमा बढुवा भएका थिए। सचिवको पदावधि सकिनु साढे २ महिना पहिले मुख्यसचिव बनेका हुन्।


प्रतिकृया दिनुहोस्