Skip

Hamro Sanchar

आफू सवार गाडीमा मसी छ्यापिएपछि महेशको चेतावनी : अराजकता र आपराधिक गतिविधि स्वीकार्य हुँदैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, ७ गते


काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले अराजकता र आपराधिक गतिविधि स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

आफू सवार गाडीमाथि आज  मोरङको विराटनगरमा रातो मसी छ्यापिएको घटनालाई उनले ‘गम्भीर र निन्दनीय’ भनेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले शान्तिपूर्ण सभा, जुलुस र देशभर स्वतन्त्र रूपमा आवतजावत गर्न पाउनु सबै नागरिकको अधिकार भएकामा जोड दिएका छन् । “लोकतन्त्रमा विरोधको पनि मर्यादा हुन्छ,” उनले फेसबुकमा लेखेका छन्, “शान्तिपूर्ण सभा–जुलुस र देशभर स्वतन्त्र रूपमा आवतजावत गर्नु सबै नागरिकको अधिकार हो, तर आक्रमणजस्ता हर्कत कहिल्यै स्वीकार्य हुँदैन ।”

उक्त कार्यमा संलग्न युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस्नेतले प्रहरीको तत्परताप्रति ‘धन्यवाद’ भनेका छन् ।

“हिंसा होइन–विचार, संवाद र लोकतान्त्रिक अभ्यासमार्फतै देश अगाडि बढ्छ,” उनले भनेका छन्, “अराजकता र आपराधिक गतिविधि कहिल्यै स्वीकार्य हुँदैन ।”

आफूमाथिको आक्रमण प्रयास र बाधाबीच युवा संघ कोसी प्रदेशको जागरणसभा सुरु हुन लागेको उनले उल्लेख गरेका छन् ।

सुनसरीको इटहरी जाने क्रममा विराटनगर विमानस्थलबाहिर उनीमाथि आक्रमणको प्रयास गरिएको थियो ।


प्रतिकृया दिनुहोस्