Skip
आज : २०८३ कार्तिक १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

‘माग्ने बुढालाई कस्ले कुट्यो, भिडिओ भाइरल  ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, ८ गते


Advertisement

काठमाडौं । सामाजिक सञ्जालर अहिले म
कलाकार केदार घिमिरे ‘माग्ने बुढा’लाई कुटपिट गरिएको भिडिओ भाइरल भइरहेको छ।

जसका कारण धेरैको मनमा प्रश्न उठेको छ( आखिर ‘माग्ने बुढा’लाई कसले, किन कुट्योरु

यसैबीच अभिनेता घिमिरेले आफूमाथि आक्रमण भएजस्तो देखिने भिडिओको वास्तविकताबारे जानकारी गराएका छन्।

आज दिउँसो फेसबुकमा लाइभ गर्दै उनले आगामी फिल्म ‘माइतीघर’ प्रचारप्रसारका लागि अन्तर्वार्ता दिन केही युट्युब च्यानलसमक्ष गएको र त्यस क्रममा प्र्या‌ंक भएको बताएका हुन्।

‘धेरै जना शुभचिन्तकले त्यो भिडिओ के हो भनेर सोधिराख्नु भएको छ। यसबारे स्पष्टीकरण दिन चाहन्छु’, घिमिरेले भनेका छन्, ‘उहाँले आएर अलिकति थर्काउने त भनेको थियो तर उहाँले हातपात नै गर्नुभयो। त्योचाहिँ प्लानिङ थिएन।’

तैपनि त्यसलाई ठट्टाकै रूपमा लिएको उनले बताएका छन्।

‘टुक्रा मात्र भाइरल हुँदा साथ सपोर्ट गर्नेको चासो र चिन्ता आयो। यसबाट पर्न गएको चोटबारे क्षमा पनि माग्न चाहन्छु’, घिमिरेले भनेका छन् ।


प्रतिकृया दिनुहोस्