Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कुलमानलाई हटाएको विरोधमा ऊर्जामन्त्रीको पुत्ला दहन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, ११ गते


Advertisement

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदमुक्त गरेको विरोधमा विद्यार्थीहरूले काठमाडौँमा प्रदर्शन गरेका छन्।

आज बिहान नेकपा (एकीकृत समाजवादी)निकट अनेरास्ववियूले विश्वभाषा क्याम्पस प्रदर्शनीमार्गमा विरोध प्रदर्शनसहित ऊर्जामन्त्री दिपक खड्काको पुत्ला दहन गरेको हो।

सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको थियो। सरकारको यो निर्णयको अहिले चौतर्फी विरोध भइरहेको छ ।


प्रतिकृया दिनुहोस्