Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

संक्रमणकालीन न्याय टुंग्याउन फेरि सर्च कमिटी गठन गर्ने तीन शीर्ष नेताको निर्णय

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, १० गते


Advertisement

काठमाडौं । सिंहदरबारमा बसेको शीर्ष नेताको बैठकले संक्रमणकालीन न्यायको विषय टुंग्याउन पुन : सर्च  कमिटी गठन गर्ने निर्णय गरेको छ।

शीर्ष नेतासहितको छलफलमा आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिबारे छलफल भएको र यसको प्रक्रिया सरकारले सुरु गर्ने निर्णय भएको प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्याय सल्लाहकार अग्नि खरेलले जानकारी दिए।

‘बेपत्ता पारिएका व्यक्तिहरुको छानविन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ३ को उपदफा ३ बमोजिम दुवै आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिको लागि सिफारिस समिति सर्च कमिटी गठन प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्रीले दुवै दलका नेताहरूसँग परामर्श गर्नुभयो,उनले भने, परामर्शअनुसार सिफारिस समिति बढाउने प्रक्रिया अघि बढ्छ।’

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्त हुनै बाँकी छ। त्यसका लागि सिफारिस समिति (सर्च कमिटी)समेत गठन हुन सकेको छैन।

यसअघि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समितिले सर्वसम्मतिमा सम्भावित पदाधिकारीको सूची तय गर्न नसकिएको भन्दै जिम्मेवारीबाट हात झिकेको थियो ।


प्रतिकृया दिनुहोस्