Skip

Hamro Sanchar

त्रिवि केन्द्रीय क्याम्पसको निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, ५ गते


काठमाडौं । चैत ८ गते हुने भनिएको त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ।

चैत ५ गते हुने भनिएको निर्वाचनमा विद्यार्थी संगठनहरूकोबीच सहमति नहुँदा त्रिवि प्रशासन र निर्वाचन समितिले चैत ८ गतेका लागि नयाँ मिति तय गरेका थिए।

न्यायाधीश डालकुमार खड्काको इजलासले यो आदेश जारी गरेको हो।

उच्च अदालतले दुवै पक्षलाई भोलि नै छलफलमा बोलाएको छ ।


प्रतिकृया दिनुहोस्