
काठमाडौं । चैत ८ गते हुने भनिएको त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ।
चैत ५ गते हुने भनिएको निर्वाचनमा विद्यार्थी संगठनहरूकोबीच सहमति नहुँदा त्रिवि प्रशासन र निर्वाचन समितिले चैत ८ गतेका लागि नयाँ मिति तय गरेका थिए।
न्यायाधीश डालकुमार खड्काको इजलासले यो आदेश जारी गरेको हो।
उच्च अदालतले दुवै पक्षलाई भोलि नै छलफलमा बोलाएको छ ।

















