
काठमाडौं । सिन्धुलीको पसुनकोशी गाउँपालिका–३ नौविसेमा भैँसीले हान्दा एक जनाको ज्यान गएको छ ।
आज बिहान घाँस हाल्न जानुभएका ७५ वर्षीय गोपाल घर्तीको भैँसीले हान्दा ज्यान गएको हो ।
भैँसीले हानेर उहाँको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले बताउनुभयो ।
















