काठमाडौं । आइसिसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल स्कटल्यान्डसँग पराजित भएको छ ।
मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा जारी खेलमा नेपाल एक विकेटले पराजित भएको हो ।
प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो ।
स्कटल्यान्ड पहिलो खेलमा अस्ट्रेलियासँग पराजित भएको थियो । आजको जितसँगै स्कटल्यान्डले सुपर सिक्समा पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।
नेपालले प्रस्तुत गरेको ७४ रनको लक्ष्य स्कटल्यान्डले १८ दशमलव चार ओभरमा नौ विकेटको क्षतिमा पूरा गर्यो । स्कटल्यान्डका लागि पिपा स्प्रोलले ४७ बलमा तीन चौकाको सहयोगमा ३५ रन बनाइन् । त्यसैगरी, ग्याब्रियला फोन्टेन्लाले १२ रन जोडिन् ।
बलिङतर्फ नेपालका कप्तान पूजा महतो र कृष्मा गुरुङले समान एक÷एक विकेट लिए । सिमना केसी र रचना चौधरीले समान दुई–दुई विकेट लिए ।
खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको थियो । नेपालले १८ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ७३ रनभन्दा बनाउन सकेन । नेपालका निम्ति कप्तान पूजा महतोले ४३ बलमा तीन चौकाको सहयोगमा २७ रन जोडिन् ।
त्यसैगरी, सावित्री धामीले १० रन जोडिन् । अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।
स्कटल्यान्डका निम्ति अमी बलडाइ र नइमा शेखले समान दुईरदुई विकेट लिए । त्यस्तै, क्रिस्टी म्यायाकोलले एक विकेट लिइन् । त्यस्तै, मैसी म्याकिरा एक्लैले पाँच विकेट लिइन् ।