Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एनपिएल : सुदूरले कर्णालीलाई हरायो, काठमाडौं प्लेअफबाट बाहिर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, १ गते


Advertisement

काठमाडौं । नेपाल प्रिमियर लिगमा कर्णाली याक्सलाई सुदूरपश्चिम रोयल्सले ६ विकेटले जित हात पारेको छ।

कर्णालीले दिएको १०२ रनको लक्ष्य सुदूरले १५.२ ‌ओभरमा ४ विकेट गुमाएर १०५ रन बनायो।

सुदूरका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले ३८, सैफ जेव ११, विनोद भण्डारी ४, ब्राण्डन म्याकमुलेन तीन रन बनाएर आउट भए।

कर्णालीका लागि कप्तान सोमपाल कामी, विपिन शर्मा र नन्दन यादवले समान एक एक विकेट लिए।

टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीले सबै विकेट गुमाएर १०१ रन बनायो।

कर्णालीका लागि जिसन मक्सुद ३०, विलियम बसिस्टो १६, बाबर हायात १३, चाडविक वाल्टनज ११, सोमपाल कामी ११, देव खनाल सात, गुलशन झा दुई, विपिन शर्मा, नन्दन यादव र रित गौतम शून्यमा आउट भएका थिए।

सुदूरका लागि हर्मित सिंह तीन, स्कट कुगेलेइन दुई, सैफ जेव र कप्तान ऐरीले समान एक एक विकेट लिए।

कर्णाली हार भए पनि उ प्लेअफमा पुगेको छ। काठमाडौं भने बाहिरिएको छ ।


प्रतिकृया दिनुहोस्