Hamro Sanchar

जनकपुरधामका संस्थागत शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, ३ गते


Advertisement

जनकपुरधाम । जनकपुरधामको संस्थागत शैक्षिक संस्था आजदेखि अनिश्चित समयका लागि बन्द भएको छ ।

छात्रवृत्तिमा अध्ययनको शुल्को विषयलाई हिसान, प्याब्सन र एनप्याब्सनले संयुक्तरुपमा आजदेखि अनिश्चितकालीन शैक्षिक संस्था बन्दको आह्वान गरेको हो ।

संस्थागत विद्यालयको कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीको अन्य शुल्कको विषयमा जनकपुरधाम उपमहानगरपालिका १४ कात्तिकमा गरेको निर्णय फिर्ता हुनुपर्ने संगठनहरुको माग छ ।

सो निर्णय अनुसारको शुल्कमा पढाउन नसकिने बताउँदै संगठनहरुले यसअघि १३ भदौ २०८१ मा उपमहानगरपालिकाको छात्रवृत्ति वितरण व्यवस्थापन समितिले गरेको निर्णयनुसार नै लिन पाउनु पर्ने माग गरेको छ।

‘छात्रवृत्ति वितरण व्यवस्थापन कार्यविधि २०७४ बमोजिम छात्रवृत्तिमा छनोट विद्यार्थीहरुलाई कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययनका लागि मिति २०८१र०५र१४ गतेमा हिसान धनुषा आवद्ध संस्थागत विद्यालयहरुमा पत्राचार गरेको र कार्यविधि २०७४ को ५.२ (ङ)बमोजिम सिफारिस भएको विद्यार्थीहरुबाट भर्ना शुल्क, मासिक शुल्क र परीक्षा शुल्कबाहेक अन्य शुल्क लिन सक्ने व्यवस्था रहेको र सोही अनुसार गर्दै आए पनि पुनस् २०८१र०७र१४ गते फरक किसिमको निर्णय भई आएको हुँदा सो शुल्कमा पढाउन नसकिने।।’ तीनवटै वटै संगठनले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

भतरपुर, विराटनगर, बुटवललगायतकै स्थान जस्तै शुल्क लिन दिन कात्तिक २९ गते जनकपुरधाम उपमहानगरका नगर प्रमुखलाई अनुरोध गर्दा केही पहल नभएकोले तीनवटै संस्थासँग आवद्ध विद्यालयहरु बन्द गर्न बाध्य भएको संगठनहरुको भनाइ छ ।


प्रतिकृया दिनुहोस्