Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

साफ च्याम्पियनसिप : फाइनलको टिकट ३ घण्टामै सोल्डआउट

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, १४ गते


Advertisement

काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत बुधबार साँझ साढे ६ बजे हुने फाइनल खेलका लागि टिकट ‘सोल्ड आउट’ भएको छ।

अखिल नेपाल संघ एन्फाका प्रवक्ता सुरेश शाहका अनुसार साधरणतर्फ १० हजार र भीआईपीतर्फ १ हजार टिकट बिक्री भएको हो।

१२ औँ पटक फाइनलमा पुगेको नेपाल साविक विजेता बंगलादेशसँग उपाधिका लागि भिड्दैछ। यसअघि सेमिफाइलमा भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको नेपाल आजको खेल जित्ने दाउमा छ।

खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुग्दैछन्।

रंगशालामा टिकट लिनेको भिड बढेपछि काठमाडौँ महानगरपालिकाले पनि तीन ठाउँबाट लाइभ गर्दैछ ।


प्रतिकृया दिनुहोस्