Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

भिस्तारा एयरलायन्सको जहाजमा भेटिएन बम

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, ६ गते


Advertisement

काठमाडौं । भिस्तारा एयरलायन्सको जहाजमा शंकास्पद् बस्तु फेला नपरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ।

विमानस्थल सञ्चालन विभाग प्रमुख एवं प्रवक्ता रिन्जी शेर्पाले चेकजाँचमा कुनै शंकास्पद् बस्तु फेला नपरेको बताए।

सर्च अपरेशनमा केही भेटिएन। सबै कुरा नर्मल पायौं। हल्ला गरेजस्तो केही भेटिएन,उनले भने। शंकास्पद् बस्तु फेला नपरेपछि भिस्तारा एयरलायन्सको ख्त्क्ष्ज्ञछछ कलसाइन भएको एयरबस नयाँ दिल्ली फर्किने तयारी गरेको छ।

बमको सूचना आएपछि नेपाली सेनाको टोलीले जहाजमा सवार यात्रु, यात्रुका लगेज र जहाजको समेत परीक्षण गरेको थियो। सुरक्षाकर्मीले कुकुरसहितको टोली परिचालन गरेर सर्च अपरेशन गरेको थियो। चेकजाँचमा केही नभेटिएपछि यात्रुहरूलाई पनि लगेज दिएर पठाएको प्रवक्ता शेर्पाको भनाइ छ।

भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौं आएको भिस्तारा एयरलाइन्सको ग्प्ज्ञछछ उडान नम्बरको जहाजमा बम रहेको सूचना प्राप्त भएपछि आवश्यक सतर्कता अपनाइएको थियो। दिल्लीस्थित भिस्तारा एयरलाइन्सका अधिकारीले कसैले फोन गरेर काठमाडौं उडेको जहाजमा बम भएको बताएपछि त्यहाँबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खबर आएको थियो। उक्त जहाज मंगलबार दिउँसो ४स्३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।


प्रतिकृया दिनुहोस्