Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बाबुराम भन्छन् : सबै नेताहरूको सम्पत्ति छानबिन हुनुपर्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, ५ गते


Advertisement

पोखरा । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले दलका सबै नेताहरूको सम्पत्ति छानबिन हुनुपर्ने बताएका छन् ।

पोखरामा आजबाट सुरु भएको पार्टीको विधान अधिवेशन उद्घाटन गर्दै अध्यक्ष भट्टराईले शक्तिशाली लोकपाल बनाएर सबै नेताको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका हुन् ।

कुनै व्यक्तिको पहलले भ्रष्टचार नियन्त्रण नहुने भन्दै डा।भट्टराईले यसका लागि संस्थाहरू बलियो बनाउनुपर्ने तर्क गरेका छन् ।

‘आफ्नो भ्रष्टाचारीलाई च्याप्ने र अर्को भ्रष्टाचारीलाई तर्साएजस्तो गरेको छ’ उनले भने, ‘देशको संस्थाहरू कमजोर राखेर कुनै पनि महान कोही व्यक्ति आएर भ्रष्टाचार रोक्न सक्दैन ।’

भट्टराईले सरकारले नै खुलमखुल्ला भ्रष्टाचारीको संरक्षण गरिरहेको आरोप लगाएका छन् ।

प्रचण्डसँग चुनावी सहकार्य बारे समीक्षा गर्दै उनले भने, ‘रावण र कंशहरूको राज भएको समाजमा सोझो र इमान्दार हुनु पनि कमजोरी जस्तो देखिने रहेछ ।’

नयाँ विचार व्यवहारमा बदलिने केही समय लाग्ने भन्दै डा। भट्टराईले आफूले अगाडि बढाएको ५ ‘स’ हुँदै समृद्धिसम्म पुग्ने बाटो सही भएको जिकिर गरे ।

युक्रेनदेखि गाजासम्म भइरहेको नरसंहारमा विश्वका शक्तिहरू आआफ्नो स्वार्थमा केन्द्रित भएर मौन बसेको भट्टराईले बताएका छन् ।

आगामी शताब्दी एशियन शताब्दी हुने भनिएको र पहिलो अर्थतन्त्र बन्ने चक्करमा रहेका भारत र चीनको चेपुवामा रहेको नेपाल जोगाउन छिटोछिटो समृद्धिमा जानुपर्नेमा भट्टराईले जोड दिए ।

अहिलेकै तरिकाले गइरह्यो भने १० वर्षभित्र देश गम्भीर संकटमा पर्ने भट्टराईले जिकिर गरेका छन् ।


प्रतिकृया दिनुहोस्