Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रहरी हिरासतमा रहेका एक थुनुवाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, ३ गते


Advertisement

चितवन । चितवनमा प्रहरी हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको थुनुवा घरमा राखिएका एक व्यक्ति मृत अवस्थामा भेटिएका हुन्।

आपराधिक लाभ कसुर मुद्दामा यही कात्तिक १ गते पक्राउ परेका रत्ननगर नगरपालिका–१३ का ४५ वर्षीय महमद क्यामोदिन थुनुवा कक्षको बाथरुममा मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ।

आज बिहान ४ः४५ वजे बाथरुमको ढोका छेउमा घोप्टो परेको अवस्थामा भेटिएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार उनलाई बिहान ६ वजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

क्यामोदिनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।


प्रतिकृया दिनुहोस्