Skip
आज : २०८१ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सर्वोच्चमा माफी मागेर छुटे सिधाकुराका पत्रकारहरु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, २० गते


Advertisement

काठमाडौं । सर्वोच्च अदालतमा उपस्थित भएर प्रकाशित समाचारबारे क्षमायाचना गर्नुका साथै आगामी दिनमा अदालतको अवहेलना नगर्ने प्रतिवद्धता गरेपछि सिधा कुरा अनलाइनका प्रकाश युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगाना आइतबार कैदमुक्त भएका छन् ।

जगन्नाथ देवल(केन्द्रीय कारागार) प्रशासनले सर्वोच्च अदालतको पत्रको आधारमा दुवैजनालाई आइतबार कैदमुक्त गरेको हो ।

१३ असोजमा कारागार गएका उनीहरु बीचमा सर्वोच्चमा उपस्थित भएर लिखित प्रतिवद्धता जनाएका थिए ।

‘सर्वोच्च अदालतको फैसला बमोजिम उहाँहरु दुवैजना सर्वोच्च अदालतमा पुगेर क्षमायाचना गर्नुभयो, त्यसका आधारमा सर्वोच्चबाट सात दिनको कैद भुक्तानपछि अरु कैद निलम्बन गरेर रिहा गरिदिनु भन्ने पत्र आयो’ जगन्नाथदेवल कारागारका प्रशासक कृष्णबहादुर कटुवाल भने, ‘पत्रका आधारमा गएराती नै कैद भुक्तान भएकाले हामीले आज विहानै उहाँहरुलाई रिहा गरेका हौं ।’

सर्वोच्च अदालतको ९ सदस्यीय बृहत पूर्ण इजलासले उनीहरुलाई अदालतको अवहेलनाको आरोपमा दोषी ठहर गर्दै तीन महिनाका दरले कैद सजाय तोकेको थियो ।

सर्वोच्चले अवहेलना ठहरिएको समाचारप्रति क्षमायाचना गरी आइन्दा अवहेलनाजन्य काम नगर्ने प्रतिवद्धता जनाएमा सात दिन कैद बसेर बाँकी अवधि निलम्बन गर्नु भनी आदेश गरेको थियो ।

तत्कालिन प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका केही न्यायाधीशहरु केही मिडिया सञ्चालकहरुसँग मिलेर घुससम्बन्धी मुद्दा प्रभावित पारेको भनी सिधाकुराले समाचार र अडियो रेकर्ड सार्वजनिक गरेको थियो ।

अवहेलनाको प्रक्रिया अघि बढेपछि सिधाकुराले समाचार हटाएको थियो । अडियो रेकर्ड गरेको आरोपमा दोषी ठहरिएका राजकुमार तिमिल्सिनामाथि ६ महिना कैद सजाय तोकिएको छ ।


प्रतिकृया दिनुहोस्