Skip
आज : २०८१ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सहकारीको पैसा फिर्ता गर भन्दै रवि लामिछाने विरुद्ध नाराबाजी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १८ गते


Advertisement

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्ध चितवनको मुग्लिनमा सहकारी पीडितले प्रदर्शन गरेका छन् ।

लामिछानेले शुक्रबार चितवनको इच्छाकामना गाउँपालिका, मुग्लिनमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेका थिए।

उक्त कार्यक्रम सकेर फर्किने क्रममा मुग्लिन बजारमा सहकारी पीडितले कालो ब्यानर र झण्डासहित प्रदर्शन र नाराबाजी गरेका हुन् ।

उनीहरुले सहकारी पीडितलाई न्याय दे, सहकारीको पैसा फिर्ता गरलगायतका नारा लगाएका थिए ।

चितवनका प्रहरी प्रमुख एसपी भावेश रिमालले सहकारी पीडितले मुग्लिनमा कालोझण्डा र ब्यानर देखाएको र तर लामिछानेलाई सुरक्षित रुपमा पठाएको बताए ।


प्रतिकृया दिनुहोस्