आज : २०८१ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नागरिक उड्डयनको कार्यालयमा अख्तियारले हान्यो छापा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १६ गते


Advertisement

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणको सिनामंगलस्थित कार्यालयमा छापा हानेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिको क्यानको नयाँ भवनमा अख्तियारको टोली केही पुगेको थियो ।

उक्त भवन निर्माणमा अर्बौंको भ्रष्टाचार भएको उजुरीपछि अख्तियारले अनुसन्धान थालेको थियो

अख्तियारले निर्माणसँग सम्बन्धित कागजपत्र र अनुसन्धानका लागि आवश्यक प्रमाण लिएर गएको बताइएको छ ।

झण्डै ४ अर्ब लगानीमा बनाइएको यो भवनको ‘सी ब्लक’ निर्माणाधीन अवस्थामा एकातिर कोल्टिएको थियो ।


प्रतिकृया दिनुहोस्