आज : २०८१ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

विपद्‌बाट क्षति भइसकेपछि संकट मोचन गर्छु भनेर हुँदैन : स्वास्थ्यमन्त्री पौडेल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १५ गते


Advertisement

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपद्‌बाट धेरै क्षति हुन नदिन पूर्वतयारीलाई जोड दिनुपर्ने बताएका छन्।

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले विपद्‌बाट ज्यान गुमाएकाहरूको दुःखमा सरकारले शोक घोषणा गरेको बताए।

सवा २१५ जना भन्दा बढी हालैको विपद्जन्य घटनाहरुबाट नेपालीहरूले ज्यान गुमाएकोप्रति दुःख व्यक्त गर्दै खोज, उद्धार र राहतमा सरकारले आवश्यक काम गरिरहेको स्वास्थ्यमन्त्री पौडेलको भनाइ थियो।

‘सरकारले नै शोक घोषणा गरेको छ। एकदमै ठूलो क्षति देशलाई भएको छ। सवा दुई सय भन्दा बढीको संख्यामा नेपालीहरुको ज्यान गएको स्थिति छ। कयौँ घाइते हुनुहुन्छ। कति बेपत्ता हुनुहुन्छ। धेरै जनधनको क्षति भएको स्थिति छ,’ उनले भने, ‘यस्तो बेलामा हामीले यसलाई आपत्‌कालीन समयमा छलफल गर्नुपर्ने मात्रै होइन, निर्णय गरेर काम गर्नुपर्ने विषय भएकाले यसलाई हामीले औपचारिक होइन, अनौपचारिक ढंगले छलफल गरेर यसलाई टुंग्याउने कोशिस गरिरहेका छौँ।’

उनले विपद् भइसकेपछि संकट मोचन गर्छु भनेर नमिल्ने बताउँदै स्वास्थ्यमन्त्री पौडेलले पूर्वतयारी हुनुपर्ने कुरामा जोड दिए।

‘विपद् खबर गरेर आउँदैन, यति बेला, यति समयमा, यसरी आउँछ भन्नेकुरा थाहा हुँदैन। अब यो भइसकेपछि यसको तयारी गरेर यो संकट मोचन गर्छु भनेर मिल्दैन। केही क्षति भइसक्छ र धेरै क्षति हुन नदिन पहिलादेखि नै तयारी गरेको हुनुपर्छ,’ उनले भने।

कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। विकास देवकोटाले अहिले संघीयताको अभ्यासका क्रममा रहेको भन्दै तीन तहकै सरकारबीच समन्वय गरी काम गर्नुपर्नेमा जोड दिएका छन् ।


प्रतिकृया दिनुहोस्