आज : २०८१ आश्विन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मकवानपुरमा पहिरोमा पुरिएका ६ बालकको शव भेटियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १२ गते


Advertisement

हेटौंडा । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा पहिरोमा बेपत्ता भएका सबै ६ जना बालकको शव भेटिएको छ ।

सिस्नेरी नजिकको बत्सलादेवी माविमा फुटबल प्रशिक्षण गरिरहेका ४० जना बालकमध्ये आज बिहान पहिरोमा पुरिएर ६ जना बेपत्ता भएका थिए

उनीहरु सबैको शव भेटिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिए ।

उनका अनुसार ६ जना बालकको शव लिन नेपाली सेनाको हेलिकप्टर विद्यालयमा आएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को समन्वयमा नेपाली सेनाले बालकहरुको शव लिन हेलिकप्टर पठाएको थियो ।

बत्सलादेवी माविमा एन्फाले गत वर्षदेखि फुटबल प्रशिक्षण सञ्चालन गरेको थियो । जहाँ ४० बालकहरुले प्रशिक्षण लिइरहेका थिए ।

बाँकी ३४ जना बालकलाई पनि नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं पठाइने प्रमुख जिल्ला अधिकारी चिलुवालले जानकारी दिएका छन् ।


प्रतिकृया दिनुहोस्