
काठमाडौं, असोज ४- कागेश्वरी मनोहरा नगरपालिकामा घर नक्सा पासबाट आर्थिक बर्ष २०८१/८२ को दुई महिनामै झन्डै ८४ लाख राजस्व संकलन भएको छ ।
नौं वटा वडा रहेको नगरपालिकाले घर नक्सा पासबाट आर्थिक बर्ष २०८१/८२ को साउन र भदौ महिनामा ८३ लाख ९१ हजार २ सय ४६ रुपियाँ राजस्व संकलन गरेको हो ।
नगरपालिकाले साउन महिनामा ३९ लाख ४७ हजार ५ सय ७७ रुपियाँ संकलन गरेको थियो भने भदौ महिनामा ४४ लाख ४३ हजार ७ सय ७९ रुपियाँ संकलन गरेको थियो ।
साउनदेखि भदौ अन्तिमसम्ममा नयाँ नक्सा पास ६१, सुपर स्ट्रक्चर ८०, निर्माण सम्पन्न २८, नामसारी ७४, नवीकरण ११ र कैफियत निर्माण सम्पन्न १३७ भएका भवन निर्माण तथा बस्ति विकास शाखाले बताएको छ ।
नगरपालिकामा गत मङ्सिर १ गतेबाट विद्युतीय नक्सापास प्रणाली सुरु भएको छ । नगरपालिकालाई सूचना प्रविधिमैत्री नगरपालिका निर्माण गर्ने उदेश्य अनुरुप नगरपालिकाले भवन नक्सा पास सम्बन्धी सम्पूर्ण कार्य डिजिटल माध्यमबाट गर्न विद्युतीय नक्सापास प्रणाली ‘इलेक्ट्रोनिक्स बिल्डिङ परमिट सिस्टम (ईबीपीएस) को सुरुवात गरेको हो ।
यो पनि पढ्नुहोस्- प्रविधिमैत्री बन्दै कागेश्वरी मनोहरा, भवन नक्सा पास सम्बन्धी कार्य अब डिजिटल माध्यमबाट














