आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रविधिमैत्री बन्दै कागेश्वरी मनोहरा, भवन नक्सा पास सम्बन्धी कार्य अब डिजिटल माध्यमबाट

प्रदिप नेपाली प्रकाशित : २०८० मंसिर, १५ गते


Advertisement

काठमाडौं, मङ्सिर १५- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा अब भवन नक्सा पास सम्बन्धी सम्पूर्ण कार्य डिजिटल माध्यमबाट गरिने भएको छ । नगरपालिकालाई सूचना प्रविधिमैत्री नगरपालिका निर्माण गर्ने उदेश्य अनुरुप नगरपालिकाले भवन नक्सा पास सम्बन्धी सम्पूर्ण कार्य डिजिटल माध्यमबाट गर्न विद्युतीय नक्सापास प्रणाली ‘इलेक्ट्रोनिक्स बिल्डिङ परमिट सिस्टम (ईबीपीएस) को सुरुवात गरेको हो ।

मङ्सिर १ गतेबाट विद्युतीय नक्सापास प्रणाली सुरु भएको नगरपालिकाले जनाएको छ । यसअघि नगरपालिकाले कागजी प्रणालीबाट नक्सा स्वीकृत गर्दै आएको थियो । अबदेखि नगरपालिकाले विद्युतीय नक्सापास प्रणालीमार्फत नक्सा स्वीकृत गर्ने भएको छ । भवन निर्माण तथा बस्ति विकास शाखाले कागज रहित नक्सा पास गर्ने भएको छ ।

विद्युतीय प्रणाली अनलाईन मार्फत नक्सा पासका लागि सेवाग्राहीले शाखामा आवेदन गर्नुपर्ने छ ।

पहिले सेवाग्राही फाईल बोकेर कार्यालय आउनुपर्ने बाध्यता रहेकोमा अब त्यो व्यवस्था हटेको नगरपालिकाका मेयर उपेन्द्र कार्कीले बताए । ‘कागेश्वरी मनोहरा नगरपालिका तीब्र रुपमा विकास भैरहेको नगरपालिका हो । नक्सा पासको काम अलि सहज भयो भने जनतामा नगरपालिकाले सेवा सुबिधा सहज बनाएको छ भन्ने देखिने रैछ । फेरी मैले चुनावी घोषणापत्रमै प्रतिबद्धता गरेको थिएँ । यसले एकातिर कागजको ठेली बोकेर कार्यालय धाइरहनुपर्ने समस्या हटेको छ भने अर्कातिर विभिन्न बहानामा अवैध रकम असुल्ने परिपाटी पनि अन्त्य भएको छ । र नेपालको प्रशासनिक काम कारबाहीलाई विस्तारै डिजिटल बनाउँदै जाने अभियानलाई समेत सहयोग गर्नेछ ।’ मेयर कार्कीले हाम्रोसंचारसँग भने ।

नगरपालिकाले विद्युतीय नक्सापास प्रणाली सँगै अन्य सेवालाई पनि डिजिटल बनाउने कार्य सुरु गरेको मेयर कार्कीको भनाइ छ ।

डिजीटल नक्सापास गर्नाले व्यवस्थीत सहरीकरण, वास्तबिक विकास, सुरक्षित बस्ती विकास हुनुका साथै धनजनको सुरक्षा गर्न सहज हुने प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले बताए ।

नगरपालिकाले अहिले भवन निर्माण सम्बन्धि नक्सा पासका फाइल पुराना फाइलहरुलाई पनि डिजीटल माध्यमबाट इन्ट्री गर्ने कार्य गरिरहेको भवन निर्माण तथा बस्ति विकास शाखाका प्रमुख श्रीराम चौलागाईले बताए ।

नक्सा दर्ता भएसँगै घरधनीले तिरेको सम्पूर्ण फाइल डिजीटल हुनेछ ।

नगरपालिकामा २०७१ साल पुषदेखि हालसम्म २२ हजार नक्सा पास भएका छन् । नगरपालिकाले त्यसमध्ये ४ हजार बराबर डिजीटल माध्यमबाट इन्ट्री गर्ने काम सम्पन्न गरेको छ भने यो आर्थिक वर्षभित्र सबै फाईललाई कम्युप्टरमा इन्ट्री गर्ने काम सम्पन्न गर्ने बताएको छ ।

के हो ईबीपीएस ?

ईबीपीएस भवनका नक्सापास गर्न व्यवस्थित बनाउने प्रणाली हो । यसमा सबैभन्दा पहिले डिजाइनरलाई ‘युजर नेम’ र ‘पासवर्ड’ दिइन्छ । कार्यालयले उपलब्ध गराएको युजर नेम र पासवर्ड भरिसकेपछि व्यक्तिगत विवरण भर्ने पेजमा पुगिन्छ । यस पेजमा जग्गाको विवरण अर्थात् लालपुर्जा, घरको नक्सा, नापीनक्सा सम्बन्धी विवरण भर्नुपर्छ । यस्तै, ‘वाइलज’ र ‘बिल्डिङ कोड’ सम्बन्धी विवरण तथा व्यवस्था पनि यसै पेजमा भर्नुपर्छ ।

विवरण भरिसकेपछि यो फर्म घर नक्सा डिजाइनरले महानगरको रजिस्ट्रेसन डेक्समा पठाउँछन् । रजिस्ट्रेसन डेक्सले फारम भरेको वा अपलोड गरिएका कागजात मिले नमिलेको जाँच गर्छन् । नमिलेको भए कमेन्टसहित डिजाइनरलाई सच्याउन फिर्ता पठाउँछन् भने विवरण सही भए ‘टेक्निकल डेक्स वान’ मा पठाउँछन् । जहाँ बिल्डिङ वाइलजको परीक्षण हुन्छ । टेक्निकल डेक्स वानमा विवरण ठीक भए त्यसलाई टेक्निकल डेक्स ‘टु’ मा पठाइन्छ जहाँ बिल्डिङ कोडका पक्षबाट कागजपत्र जाँच गरिन्छ ।


प्रतिकृया दिनुहोस्