Hamro Sanchar

प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, २० गते


Advertisement

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ बनेका छन्।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार उनलाई सोमबार बेलुकीदेखि ज्वरो आएपछि मंगलबार रगत जाँच गर्न पठाइएको छ ।

प्रधानमन्त्रीका प्रेसविज्ञ रामशरण बजगाईंले हल्का ज्वरो आएर अस्वस्थ भएकोले प्रधानमन्त्रीले मंगलबार अत्यावश्यकबाहेक अरू भेटघाट नगरेको जानकारी दिए ।

बजगाईंका अनुसार प्रधानमन्त्री ओली मंगलबार बालुवाटारमै स्वास्थ्यलाभ गरिरहेका छन् ।


प्रतिकृया दिनुहोस्