२ असोज, काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठलाई नियुक्त गरेको छ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले निमित्त रहेका श्रेष्ठलाई कार्यकारी निर्देशक बनाएको हो ।
यसअघि सरकारले अध्यादेशमार्फत हितेन्द्रदेव शाक्यलाई हटाएको थियो । त्यससँगै श्रेष्ठ निमित्त कार्यकारी निर्देशक थिए ।
































