Skip

Hamro Sanchar

पूर्वप्रधानसेनापति गौरव शमशेर जबरा बेलायतका लागि राजदूत सिफारिस

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २ गते


Advertisement

२ असोज, काठमाडौं । बालेन सरकारले पूर्वप्रधानसेनापति गौरव शमशेर जबरालाई बेलायतका लागि राजदूत सिफारिस गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले जबरासहित १३ देशका लागि राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको हो ।

जबराले नेपाली सेनाको प्रधानसेनापतिको जिम्मेवारी सम्हालिसकेका छन् ।

सरकारले सिफारिस गरेका नाम अब संसदीय सुनुवाइका लागि पठाउनेछ । संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि सम्बन्धित मुलुकबाट अग्रिमो लिएर राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था छ ।

 


प्रतिकृया दिनुहोस्