२ भदौ, काठमाडौं ।जनमत पार्टीको दोस्रो महाधिवेशनमा अध्यक्ष पदमा एकल उम्मेदवारी परेपछि डा. सीके राउत पुनः निर्विरोध निर्वाचित भएका छन्।
पर्साको वीरगञ्जमा आगामी असोज ९ र १० गते हुने महाधिवेशनका लागि बिहीबार मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम थियो।
केन्द्रीय निर्वाचन समितिले आज सार्वजनिक गरेको प्रारम्भिक नामावलीअनुसार अध्यक्षमा राउत निर्विरोध भए पनि अन्य पदाधिकारी र केन्द्रीय सदस्य पदहरूमा भने चुनावी प्रतिस्पर्धा हुने सम्भावना छ।
केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजेशकुमार मण्डलका अनुसार नेतृत्व निर्विरोध टुंगिए पनि अन्य पदहरूमा पद संख्याभन्दा बढी उम्मेदवारी परेको छ।
पार्टीका सात उपाध्यक्ष पदका लागि १४ जना, एक महासचिवका लागि तीन जना, एक उपमहासचिवका लागि दुई जना, सात सचिवका लागि १० जना तथा केन्द्रीय कार्यकारिणी सदस्यका लागि ७३ जनाको उम्मेदवारी दर्ता भएको छ।
उपाध्यक्ष पदमा वसन्तकुमार कुशवाहा ९रौतहट०, अनिता साह ९धनुषा०, अनिता मण्डल ९सिराहा०, डा। जयकान्त राउत ९सप्तरी०, नरेन्द्रप्रसाद चौधरी ९कपिलवस्तु०, माधवप्रसाद सिंह ९पर्सा०, राजकुमार यादव ‘त्यागी’ ९सिराहा०, डा। कमरुल्लाह अन्सारी ९बारा०, सञ्जयकुमार मिश्र ९रुपन्देही०, मदनेशकुमार चौधरी ९सप्तरी०, परमेश्वर मुर्मू ९मोरङ०, रौशन खातुन ९बारा०, हरपाल सिंह सोडी ९बाँके० र मनोहरी देवी बैठा ९सर्लाही०ले मनोनयन दर्ता गरेका छन्।
यसैगरी, महासचिव पदमा ममता झा ९सप्तरी०, चन्दनकुमार सिंह ९महोत्तरी० र सञ्जयकुमार यादव ९सिराहा०ले मनोनयन दर्ता गराएका छन् भने उपमहासचिवमा निर्मलकुमार मण्डल ९सिराहा० र ललितचन्द्र मल्लिक ९रौतहट० बीच प्रतिस्पर्धा हुनेछ।
सात सचिव पदका लागि सन्तोषकुमार सहनी (धनुषा), सुरेन्द्र शर्मा मधेशी (सप्तरी), हरेन्द्र चौधरी (रौतहट), अञ्जनीदेवी (महोत्तरी), रोहित महतो (सिराहा), पारसप्रसाद साह (बारा), राधाकुमारी यादव (बाँके), बाल गोविन्द चौधरी (नवलपरासी), वीरेन्द्र महतो ‘जीवन त्यागी’ (महोत्तरी) र रामबाबु साह (बारा)को मनोनयन परेको छ।
निर्वाचन समितिका अनुसार असोज ३ गते उम्मेदवारविरुद्ध दाबी-विरोध, असोज ४ गते उम्मेदवारी फिर्ता र असोज ५ गते अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिका छ। महाधिवेशनको बन्दसत्र तथा मतदान असोज १० गते शनिबार हुनेछ भने महाधिवेशनमा निर्वाचित हुन खसेको कुल मतको कम्तीमा २० प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था रहेको छ ।
































