Skip

Hamro Sanchar

याे सरकार बिचौलिया व्यापारीले बनाएको हाे भन्ने पुष्टि भयो : वर्षमान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, १८ गते


काठमाडौं  । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले वर्तमान केपी ओली नेतृत्वको सरकार बिचौलिया व्यापारीले निर्माण गरेको भन्ने आफूहरूको आरोप पुष्टि भएको बताएका छन्।

पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी रुपन्देहीको २३औं जिल्ला सम्मेलनको मंगलबार उद्घाटन गर्दै पुनले आफूहरूले भन्दै आएको विषय कांग्रेस सभापति शेरबहादुर देउवाले स्वीकार गरेको बताए।

‘हाम्रा अध्यक्ष प्रचण्डले संसदको रोस्ट्रमबाटै बिचौलिया र भ्रष्टाचारी समात्न थालेपछि उनीहरूले हामीलाई सरकारबाट निकाले, कांग्रेस–एमालेलाई मिलाइदिए भन्नुभएको थियो’ पुनले भने, ‘पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले एक व्यापारीको नाम लिएर भनेको सुनियो, उहाँलाई केपी ओलीजीको मात्र मान्छे भन्छन्। उहाँ हामी दुवैको साझा मान्छे हो। उहाँको वर्तमान सरकार बनाउन निकै ठूलो भूमिका छ भनेर स्वीकार गर्नुभयो।’आफूहरुले सुरुदेखि नै भन्दै आएको उक्त विषयबारे सत्ताबाट हट्नुपर्दाको पीडास्वरुप माओवादीले पूर्वाग्रहपूर्ण टिप्पणी गर्नेहरूले समेत सरकार बिचौलियाले नै बनाएका रहेछन् भन्न थालेको उनको भनाइ थियो।

ओली सरकारलाई जनताले कालाकाले मिलेर खाऊँ वालाहरुको सरकार भनिरहेका बेला देउवाले बिचौलिया र भ्रष्टाचारीहरु मिलेर माओवादीलाई बाहिर निकालेर आफूअनुकुल कांग्रेस–एमाले सरकार बनाएको स्वीकार गरेको टिप्पणी गरेका छन् ।


प्रतिकृया दिनुहोस्