Hamro Sanchar

३५ वर्षपछि परिवार भेटेका प्रकाशले घरमै पाए नागरिकता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, १६ गते


Advertisement

काठमाडौं । ‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ मार्फत् ३५ वर्षपछि परिवार भेटेका प्रकाश तामाङ्ग ‘काले’ ले नागरिकता प्रमाण पत्र पाएका छन् ।

भोजपुर षडानन्द नगरपालिका-१० छाप्लेगाउँ ९साम्पाङ० स्थित उनको घरमै गएर नगरपालिकाका जनप्रतिनिधि र प्रशासनका अधिकारीले नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् ।

गोरखाको चुमभ्यालीबाट काठमाडौं हुँदै हिजो भोजपुर पुगेका प्रकाशको बुवा-आमासँग नाता कायम र जन्मदर्ताको कागज बनाएर नागरिकता दिलाइएको छ ।

षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदास, वडाध्यक्ष प्रेमदोर्जी शेर्पा प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईँ र इलाका प्रशासन कार्यालय दिङ्लाका प्रशासकीय अधिकृत विनोद अधिकारीले आवश्यक सरकारी प्रक्रिया पुर्‍याएर प्रकाशलाई ०९-०२-८१-००३५७ नम्बरको नागरिकता दिएका छन् ।

नागरिकता पाएपछि प्रकाशले खुसी व्यक्त गरेका छन् । उनले हेर्ने कथा र विद्या चापागाईँ साथै आफूलाई गाउँघर फर्काउनेहरूलाई धन्यवाद दिएका छन् । मेयर उदासले प्रकाशले चाहे उनको क्षमतारयोग्यताअनुसार नगरपालिकाले रोजगारीको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् । उनको आजै बैंक खाता खोल्ने तयारी गरिएको छ ।

‘चुमभ्यालीबाट प्रकाशको न्यायपूर्ण बिदाई र भोजपुरको सम्पाङ छाप्लेगाउँमा सम्मानित जीवन बाँच्ने’ वातावरणको अभियान चलाएका पत्रकार राजेश राईसहितको टोलीले उनलाई भोजपुर लगेको थियो । प्रकाशलाई उनको कुरा सुन्न र सरकारको तर्फबाट केही सहयोगका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्न खोजेका छन् ।

भर्खरै नागरिकता लिएका प्रकाश काठमाडौंको लागि बाटो लागिसकेको र यहाँ आइपुग्नासाथ प्रधानमन्त्रीलाई भेट्ने तय भएको पत्रकार राईले बताए ।


प्रतिकृया दिनुहोस्