Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्रीबिच भेटवार्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, ३ गते


Advertisement

काठमाडौं । भारतको पाँच दिने औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी छिन्।

उनीहरूबीच केहीबेर अघि भेटवार्ता सुरू भएको हो। भारतीय विदेशमन्त्री जयशंकरले मन्त्री राणालाई स्वागत गर्दै द्वीपक्षीय विषयमा कुराकानी गर्ने उल्लेख गरेका छन्।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएयता नेपालको तर्फबाट भारतमा यो पहिलो उच्च स्तरीय भ्रमण हो।

समकक्षी जयशंकरसँग द्विपक्षीय वार्ता गरेपछि आजै साँझ राणाले भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।


प्रतिकृया दिनुहोस्