Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

भूकम्प पीडितको टहरोमा पहिरो खस्दा जाजरकोटमा ३ जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, ३ गते


Advertisement

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा आज बिहान पहिरोमा परेर एकाघरका तीनजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, उनकी पत्नी ३४ वर्षीया मनिसा परियार र उनीहरुका दुई वर्षीय छोरा शिभम परियार छन्।

उनीहरु भूकम्पपीडितका लागि निर्माण गरिएको अस्थायी टहरामा बस्ने गरेका थिए। टहरामै पहिरो खस्दा उनीहरुको मृत्यु भएको नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतले जानकारी दिए।

इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक माधवप्रसाद चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको छ। घटनास्थल नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्ली नजिकै छ ।


प्रतिकृया दिनुहोस्