Hamro Sanchar

हामिहरु बेदाग भएर सरकारबाट निस्कियौ : नारायणकाजी श्रेष्ठ

वर्तमान सरकार भ्रष्टाचारीहरुलाई जोगाउन बनेको आरोप

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, १ गते


Advertisement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरु बेदाग भएर सरकारबाट निस्किएको बताएका छन् ।

आज पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

श्रेष्ठले वर्तमान सरकार भ्रष्टाचारीहरुलाई जोगाउन र भ्रष्टाचारको निम्ति ठाउँ बनाउन बनेको आरोप
समेत लगाएका छन् ।

श्रेष्ठले इतिहासले दिएको जिम्मेवारी पूरा गर्नु आफूहरुका लागि महत्वपूर्ण रहेको बताए । उनले इतिहासले सुम्पिएको जिम्मेवारी भनेको पार्टीलाई एकतावद्ध, सुदृढ गर्ने रहेको बताएका छन्

पार्टीको नेतृत्वलाई बलियो बनाएर, नेतृत्वको वरिपरी गोलबन्दी हुनुपर्ने समेत उनको भनाई छ । पार्टीको वैचारिक कार्यदिशा एकरुप समझदारीसाथ ग्रहण गर्ने र विचारलाई अझ विकास गर्ने दिशामा जान आवश्यक रहेको बताए ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टीलाई एकतावद्ध, क्रान्तिकारी र शक्तिशाली पार्टी बनाउन वैचारिक, सांस्कृतिक रुपान्तरणको अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।


प्रतिकृया दिनुहोस्