Skip

Hamro Sanchar

सडक भासिएको ठाउँमा लेदो थुप्रियपछि नारायणगढ-बुटवल सडक अवरुद्ध

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, ३० गते


काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध भएको छ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा सोमबार सडक भासिएको स्थानमा गएराति लेदो खसेपछि सडक पुनः अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्तापूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मङ्गलबार साँझदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको सडक गए रातिको वर्षापछि अवरुद्ध भएको हो।

सडकको लेदो हटाएर यातायात सञ्चालनको प्रयास जारी रहेको पौडेलले बताए।


प्रतिकृया दिनुहोस्