Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सुनुवाइ समितिको आह्वान : १८ देशका लागि सिफारिस राजदूतविरुद्ध उजुरी दिनु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, २९ गते


Advertisement

काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिले १८ देशका लागि सिफारिस भएका राजदूतहरूको बारेमा सार्वजनिक उजुरी आह्वान गरेको छ। आज बसेको समितिको बैठकले उनीहरू विरुद्ध उजुरी दिन सार्वजनिक आह्वान गरेको हो ।

समितिले १० दिनको समय राखेर उजुरी आह्वान गरेको समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बताए ।

उनले भोलिको पत्रिकामा सूचना आउने र संसद् सचिवालयले पनि सूचना राख्ने तथा त्यसैको आधारमा उजुरी दिन सकिने उनले बताए ।

परराष्ट्र मन्त्रालयले आइतबार प्रस्तावित राजदूतहरूको नाम सुनुवाइका लागि संसद् सचिवालयमा पठाएको थियो । सरकारले यही साउन १४ गते १८ देशमा राजदूत सिफारिस गरेको थियो ।

सरकारले साउन १५ गते १८ देशका लागि राजदूत सिफारिस गरेको थियो। नेकपा एमालेकी स्थायी समिति सदस्य एवं पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फे , पूर्वमुख्यसचिव लोकर्दशन रेग्मीसहित सिफारिस भएका थिए । पूर्व उप सभामुख तुम्बाहाङ्फे दक्षिण कोरियाका लागि राजदूत सिफारिस भएकी थिइन्।

त्यस्तै भारतका लागि राजदूत सिफारिस भएका शंकर शर्माको पनि पुनः सिफारिस भएकाले सुनुवाइ हुने भएको थियो । प्रस्तावित १८ राजदूतको सूची आइतबार समितिमा सुनुवाइका लागि पुगेको थियो।

उनीहरूमाथि उजुरी मागेपछि समितिमा उजुरी दर्ता हुने छ। उक्त उजुरीको आधारमा समितिले सुनुवाइ गर्ने छ। गम्भीर उजुरी परेमा उनीहरूलाई अस्वीकार पनि गर्न सक्छ । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएसँगै उनीहरू नियुक्ति हुने छ ।


प्रतिकृया दिनुहोस्