Hamro Sanchar

अहिलेसम्म भ्रष्टाचार गरेकाे छैन, सार्वजनिक सम्पत्ति हिनामिना गर्दिनँ : प्रधानमन्त्री ओली

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, २६ गते


Advertisement

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सम्पत्ति हिनामिना नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

लायन्स क्लबले आज काठमाडौँ आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको र अब पनि नगर्ने प्रतिबद्धता दोहोर्‍याएका हुन् ।

देशलाई सुशासन, तीव्र विकाससहित समृद्धि दिनका लागि आफू सदैव लागि परेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले राज्यबाट आफूले कुनै पनि कुरा लिन नचाहेको बताए । गरिबी, अभावले तड्पिएर जनता रोइरहेका बेला आफूले कसरी भ्रष्टाचार गर्न सक्छु ? प्रधानमन्त्री ओलीले प्रतिप्रश्न समेत गरेका छन् ।

उनले आफूले जनताले गरिबी र अभाव भोग्नु नपरोस् भन्ने कुरालाई चासोमा राखेर त्यसलाई पूरा गर्नका लागि समृद्ध नेपालस् सुखी नेपालीको गन्तव्य तय गरेको अघि बढेको तर्क पनि गरेका छन् । प्रधानमन्त्री ओलीले आम जनताका आवश्यकतालाई पूरा गर्न आफूले काम गर्ने पनि बताए ।

सो अवसरमा प्रधानमन्त्री ओलीले लायन्सले मानवीय सेवाको क्षेत्रमा गर्दै आएको कामको पनि खुलेर प्रशंसा गरेका छन् ।

उनले लायन्सले इमानदार भएर मानवीय सेवाको क्षेत्रमा काम गरेको उल्लेख गर्दै त्यसमा आफ्नो पनि सदैव साथ रहने बताए ।


प्रतिकृया दिनुहोस्