Hamro Sanchar

मधेसका मुख्यमन्त्री सिंहलाई जनमत पार्टीले सोध्यो स्पष्टीकरण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, २५ गते


Advertisement

जनकपुरघाम । जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई स्पष्टीकरण सोधेको छ ।

मुख्यमन्त्री सिंहलाई पार्टी निदेशन विपरित काम गर्न थालेको भन्दै स्पष्टीकरण सोधिएको हो।

मुख्यमन्त्री सिंहलाई शुक्रबार स्पष्टीकरण सोधिएको महासचिव चन्दन सिंहले जानकारी दिएका छन् ।

मुख्यमन्त्री सिंहले एकलौटी निर्णय लिन थालेको भन्दै पार्टीभित्रैबाट गुनासो आएपछि स्पष्टीकरण सोधिएको हो। पछिल्लो पटक उनले मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा पार्टीसँग कुनै सोधखोज गरेका थिएनन्।

 


प्रतिकृया दिनुहोस्