Hamro Sanchar

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, २५ गते


Advertisement

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ । बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्नेछ ।

बैठकले स्थायी समिति बैठकको एजेन्डा तय गर्ने सचिव दीनानाथ शर्माले जानकारी दिएका छन् । शर्माका अनुसार सदनलाई प्रभावकारी बनाउने, विधान अनुसार पार्टी निर्माण, नेताहरूको जिम्मेवारी तोक्नेलगायतका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

स्थायी समिति बैठक आजै दिउँसो ४ बजे बस्ने शर्माले जानकारी दिए


प्रतिकृया दिनुहोस्