Skip

Hamro Sanchar

सिकार गर्न गएका युवकको गोली लागेर मृत्यु, धानबारीमा लुकेको अवस्थामा दुईजना पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, १९ गते


धनगढी, साउन २०- जंगली जनावर सिकार गर्न गएका युवकको गोली लागेर मृत्यु भएको छ । डोटीको पूर्वीचौकी गाउँपालिका-६ गाँजरीस्थित घोत्नेगडा सामुदायिक वनमा हिजो (शुक्रबार) बिहान सिकार गर्न गएका ३० वर्षीय अमर थापाको गोली लागेर मृत्यु भएको हो । थापासँगै अरू दुइजना पनि शिकार खेल्न जंगल गएका थिए ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विष्णुहरि कोइरालाका अनुसार पूर्वीचौकी गाउँपालिका-६ का ३३ वर्षीय रामबहादुर साउद, ४२ वर्षीय दिल्लीबहादुर साउद र मृतक अमर थापासँगै शिकार खेल्न जंगल गएका हुन् । तर, सँगै शिकार खेल्न जंगल गएका तीन जनामध्य अमरको गोली लागेर मृत्यु भएपछि प्रहरीले रामबहादुर र दिल्लीबहादुरलाई प्रकाउ गरेको छ । धानबारीमा लुकेको अवस्थामा शुक्रबार राती करिब १० बजेतिर डोटीको नारीदाङबाट उनीहरूलाई पक्राउ गरिएको एसपी कोइरालाले जानकारी दिए ।

प्रहरी उपरीक्षक कोइरालाका अनुसार गोली लागेपछि अमरको घटनास्थलमै मृत्यु भएको थियो ।


प्रतिकृया दिनुहोस्