Skip

Hamro Sanchar

कागेश्वरी मनोहरा नगरपालिकामा खुल्यो ‘कपडा बैंक’

सुदिप बर्देवा प्रकाशित : २०८१ साउन, ८ गते


काठमाडौँ — काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकामा ‘कपडा बैंक’को शुभारम्भ गरिएको छ । नगरपालिकाको सहयोगमा क्लोथ एन्ड फुड बैंक नेपालको सहकार्यमा मंगलबार ‘कपडा बैंक’को शुभारम्भ गरिएको हो ।

नगर प्रमुख उपेन्द्र कार्कीले देशभरबाट प्रयोगमा नआएका कपडा संकलन गरेर पुनःचक्रण गरी विपन्न तथा गरिब मानिसमाझ पुर्‍याउने उद्देश्यका साथ क्लोथ एन्ड फुड बैंक नेपालले सुरु गरेको पवित्र कार्यलाई आफ्नो नगरपालिका भित्र पनि शुभारम्भ गरिएको बताए । “गरिब तथा असहाय जसले कपडा किन्न सक्दैनन्, त्यस्ता मानिसलाई ‘रिसाइकल’ गरी कपडा उपलब्ध गराउनका लागि कामको थालनी गरेका छौँ,’ यस्तो अभियान युरोप र एशियाली मुलुकहरुमा निकै प्रभावकारी रहदै आएको र नेपालमा पनि यो अभियान सुरु सुरुवात भएको र कागेश्वरी मनोहरा नगरपालिकामा पनि प्रभावकारी हुने छ।” आगामी एक वर्ष भित्र नगरपालिका भित्रका सबै वडामा यो अभियान विस्तार गर्ने छौ ।” उनले भने ।

नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले समाजमा आर्थिक रुपमा विपन्न भएका मानिसलाई उक्त अभियानले सहयोग पुग्ने बताए । ‘यो नेपालमा मात्र होइन विश्वभर यस्ता प्रयोग हुँदै आएका छन्, जसको आयआर्जन कम छ, त्यस्ता व्यक्तिले यहाँ आएर कपडा लैजान सक्नुहुन्छ,’ उनले भने । देशमा विभिन्न किसिमका अभियानहरु संचालनमा छन्, तर यो नै यस्तो पवित्र अभियान हो, जसले गरिव जनताको नांगो शरीरमा कपडा लगाईदिन्छ । त्येसैले नै यो कार्यमा मा सुरु देखि लागेको छु ।” हमालको भनाई थियो ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पुस्पराज ढकालले क्लोथ एन्ड फुड बैंकले गरेको कार्यको प्रशंसा गर्दै नगरपालिकाबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राममणी पुडासैनी र वडा नम्बर ८ का वडा अध्यक्ष हरिभक्त पुडासैनीले प्रयोग नभएका कपडालाई रिसाइकलिङ गरी गुणस्तरीय कपडा उत्पादन गरी गरिब, दुःखीलाई निःशुल्क बाँड्ने अभियानको।

क्लोथ एन्ड फुड बैंकका प्रमुख कमल बिसीले पुरानो कपडा पुनः प्रयोग, आवश्यक पर्ने हामी सबैका लागि भन्ने सन्देश प्रवाह गर्न उक्त कार्यक्रम गरिएको बताए । कार्यक्रममा नगरपालिकाका विभिन्न वडाका अध्यक्ष, कर्मचारी तथा  कागेश्वरी मनोहरा नगरपालिकाका बासिन्दाको सहभागिता थियो ।

कागेश्वरी मनोहरा नगरपालिकामा शुभारम्भ गरिएको क्लोथ एन्ड फुड बैंक नेपालको यो १९औ शाखा हो ।


प्रतिकृया दिनुहोस्