Skip

Hamro Sanchar

राप्रपा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रायको निवासमै हत्या

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, ७ गते


सर्लाही, साउन ७- राप्रपा केन्द्रीय सदस्य एवं पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ ।

गएराति सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित निवासमै रायको हत्या भएको मधेश प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले जानकारी दिए ।

बोहराका अनुसार उनको राति १ बजे धारिलो हतियार प्रहार गरी घरमै हत्या भएको थियो । प्रहरीले मुचुल्का उठाएर शवलाई मलंगवा अस्पताल पठाएको छ भने थप अनुसन्धान जारी छ ।


प्रतिकृया दिनुहोस्