Skip

Hamro Sanchar

सिमलताल दुर्घटना : एकै परिवारका तीनमध्ये छोरी प्रभाको शव भेटियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, ३ गते


वीरगन्ज, साउन ३- चितवनको सिमलतालस्थित त्रिशुली नदीमा बस खसेर बेपत्ता भएका पर्साको सखुवा प्रसौनी गाँउपालिका-२ जमुनियाका एक‌ै परिवारका तीन जनामध्ये युवती प्रभा चौ‌धरीको शव भेटिएको छ ।

२४ वर्षीया प्रभाको शव दुर्घटनास्थलबाट १०३ किलोमिटर दुरीमा नवलपुरमा मंगलबार भेटिएको थियो ।

शव भेटिएकी युवती प्रभा चौ‌धरीको बुधबार हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिएको छ ।

पोस्टमर्टम गरेपछि बुधबार चितवनको देवघाटमा हिन्दू परम्परा अनुसार गरिएको हो । प्रभाको शवमा उनका दाजु ओमप्रकाश चौधरीले दाग बत्ती दिएका हुन् ।

उनीसँगै बसमा सवार उनका बुबा ५८ वर्षीय हृदयनारायण चौधरी र आमा ५३ वर्षीया भगवती देवीको अवस्था भने अझैसम्म अज्ञात छ ।


प्रतिकृया दिनुहोस्