Hamro Sanchar

फेरीयो ओलीको बोली : भने- ‘बजेटप्रति असन्तुष्टि होइन’

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, २० गते


Advertisement

काठमाडौँ, जेठ २०- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेटप्रति असन्तुष्टि नरहेको बताएका छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले उक्त धारणा राखेका हुन् ।

सञ्चारकर्मीहरुले बजेटप्रति असन्तुष्टि हो ? भन्ने प्रश्नमा ‘असन्तुष्टि नरहेको तर छलफल गरेर बजेट ल्याएको भए झनै राम्रो हुने प्रतिक्रिया दिए । उनले भने, ‘असन्तुष्टि होइन, छलफल गरेको भए अझ राम्रो हुन्थ्यो ।’

संसद्‌मा आइतबारबाट आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु भएको छ । आगामी आर्थिक वर्षका लागि सरकारले जेठ १५ गते संसद्‌मा १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।


प्रतिकृया दिनुहोस्