Skip

Hamro Sanchar

अत्यधिक गर्मी बढेपछि ६ दिन स्कुल बिदा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, १८ गते


सुर्खेत, जेठ १८- अत्यधिक गर्मी बढेपछि वीरेन्द्रनगरका विद्यालयहरूमा बिदा दिइएको छ । २० गते आइतबारदेखि २५ गतेसम्म गर्मी बिदा दिइएको हो ।

अत्यधिक गर्मी बढेपछि बालबालिकाहरूको स्वास्थ्यमा समस्या देखिएको र शिक्षण सिकाइको वातावरण प्रतिकूल भएको भन्दै बिदा दिइएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका उपसचिव धीरेन्द्रप्रसाद शर्माले अहिले दिइएको गर्मी बिदा वर्षे बिदाबाट कट्टी हुने गरी पठनपाठन बन्द गर्न आग्रह गरिएको बताए ।

साथै सामुदायिक विद्यालयहरूमा सञ्चालन हुने योग तथा ध्यान कक्षा, सङ्गीतसँग सम्बन्धित आधारभूत सीप विकास कक्षा र मनोसामाजिक परामर्श कक्षालाई विद्यालय, विद्यार्थी र मौसम अनुकूलको समय मिलाएर सम्बन्धित संस्थाहरूसँग समन्वय गरी सञ्चालन गर्न पाइने छ ।

चिकित्सकहरूले यस्तो प्रचण्ड गर्मीमा विद्यालय बन्द गर्नुपर्ने सुझाव दिइरहेका छन् ।

 


प्रतिकृया दिनुहोस्