Skip

Hamro Sanchar

तारकेश्वरको काभ्रेस्थलीमा गाडी दुर्घटना : एक युवतीको मृत्यु, पाँच घाइते

रासस प्रकाशित : २०८१ जेठ, १७ गते


काठमाडौं, जेठ १७- काठमाडौंको तारकेश्वर नगरपालिका– २ काभ्रेस्थली भेडीगोठ सरकारी धारानजिक बा.४ख ३२० नम्बरको गाडी दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

दुर्घटनामा धादिङ घर भई हाल काठमाडौंको तारकेश्वर– २ काभ्रेस्थलीकी २७ वर्षीया रमिता तोलांगीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

घाइते तोलांगीलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । उनको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।

दुर्घटनामा सिन्धुली घर भई हाल काठमाडौंको तारकेश्वर– २ का गाडीचालक २६ वर्षीय सुशील दमाईं, सोही ठाउँका सहचालक २० वर्षीय कृष्ण तामाङ, २६ वर्षीय गोपाल दमाईं, २५ वर्षीय टेकबहादुर मर्स्याङ्दी र १८ वर्षीया पवित्रा तोलांगी घाइते भएका छन् । उनीहरूको जरंखुस्थित मेगा ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको प्रवक्ता अधिकारीले बताए ।


प्रतिकृया दिनुहोस्